January 10th, 2019

दक्ष जनशक्ति निर्माणका लागि फर्स्ट माइक्रोफाइनान्सद्धारा तालिम सम्पन्न 

बैंकिङ खबर । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीका लागि तालिम सम्पन्न गरेको छ । संस्थाले कर्मचारीहरुका लागि Borrowers rating & financial analysis of MFIs तालिम काठमाण्डौमा सम्पन्न गरेको छ । 

तालिममा संस्थाका १५ जना कर्मचारीहरुकोे सहभागिता रहेको थियो । तालिम प्रशिक्षहरुमा इक्रा नेपालका रेटिङ्गका प्रमुख किशोर प्रसाद विमलीले Borrowers rating सम्बन्धी र ज्योति विकास बैक प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय विश्लेषण सम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए । 

उक्त तालिममा कर्मचारीहरुले नेपालको बैंकिङतथा वित्तीय  क्षेत्रमा लागु हुदै गरेको Borrowers rating को अवधारणा र यसका औजार सम्बन्धी जानकारी लिएका थिए । साथै, लघुवित्त कारोवार गर्ने वित्तीय संस्थाको वित्तीय विश्लेषण गर्न सहयोग पुगोस भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको संस्थाले जानकारी दिएको छ ।


    
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]