January 9th, 2019

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण कार्यक्रम सम्पन्न

बैंकिङ खबर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लम्कीमा मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच कम्पनीका महाप्रवन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल र कुञ्जना घिमिरे र लम्की चुहान गरपालिकाका मेयर  महादेब बजगाईको उपस्थीतीमा मृत्यु दावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको हो ।  

कम्पनीमा  तीन लाख बीमाङको बीमा गरेको लम्की कैलालीका बीमित डिल्लीराज उपाध्याय बस दुर्घटनामा परि अपाङ भएकोमा उनलाई अशक्तता लाभ बापतको चेक हस्तान्तरण गरेको हो । 

कम्पनीले निजलाई मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्नेछ र निजले बार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमा शुल्क मिनाहा गरी १५ बर्ष पछि बीमाङकवापतको तीन लाख र आर्जित बोनस रकम  एकमुष्ठ भुक्तानी गर्नेछ । 

साथै,कम्पनीले सोही दिन लम्कीमा हजारौ जनसमुदायको उपस्थिीतिमा बृहत बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा महाप्रबन्धक कमलराज गौतम,कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल र कुञ्जनाधिमिरेले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]