January 9th, 2019

वाणिज्य बैंकका एटिएम तीन हजार बढी : कुनको कति ?

बैंकिङ खबर । अटोमेटिक टेलर मेसिन नै एटिएम हो । एटिएमलाई अन्तराष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । यस कार्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । विकसित मुलुकहरुमा यसको प्रयोग बढ्दो रुपमा भएको छ भने नेपालमा सिमित मात्रामा भएको पाईन्छ । एटिएमबाट आफुले बैंकमा जम्मा गरेको रकम चाहेको समयमा छिटो तरिकाले झिक्न सकिन्छ ।  

एटिएमको सुरुवात
एटिएमको विकास एसियामा जापानबाट, युरोपमा स्वीडेन र लण्डनबाट र उत्तरी अमेरिकामा संयुक्त राज्य अमेरिकाबाट सुरु भएको हो । एटिएमको प्रयोग हुन थालेको करिब ५२ वर्ष भयो । लण्डनदेखि सन् १९६७ बाट एटिएमको प्रयोग हुन थालेको हो । एटिएम आविष्कारको श्रेय ब्रिटिस जोन सेफर्ड बारोनलाई जान्छ । पिन नं.को प्रचलन १९७० बाट सुरु भएको हो । १९९२ देखि रिसिप्ट प्रिन्टर, अडियो जस्ता आउटपुट डिभाइस जोडेर एटिएमलाई आधुनिक बनाइएको हो । नेपालमा, हिमालयन बैंकले सन् १९९५ मा पहिलो पटक एटिएम कार्डको प्रयोग भित्राएपछि नेपालका सबै वाणिज्य बैंकहरुले क्रमशः यो सेवा सञ्चालनमा ल्याएका हुन् । हालसम्म नेपालमा वाणिज्य बैंकका मात्रै तीन हजारभन्दा बढी एटिएम संचालनमा छन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]