January 9th, 2019

निर्धन उत्थान लघुवित्तद्धारा झापाको धुलावारीमा व्यवसायिक तालिम सम्पन्न

बैंकिङ खबर ।  निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा झापा जिल्लाको धुलाबारीमा ब्यवसायिक गाईपालन तालिम सम्पन्न गरेको छ । यस तालिममा प्रशिक्षकहरु पदमलाल राई,  दिवश राई, क्षेत्रीय प्रमुख लक्ष्मीपति काफ्ले र शाखा प्रमुख कृष्ण प्रसाद पौडेलल रहेका थिए ।

संस्थाका क्षेत्रीय प्रमुख लक्ष्मीपति काफ्लेले एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको र यस संस्थबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बताएका थिए । 

उक्त तालिममा सहभागिहरुले गाईपालन तालिममा गाईपालनको परिचय,फाईदा, बेफाइदा, गाईपालनका प्रणालीहरु, गाईका जातहरु, ब्यबसायका लागि उपयुक्त जातको छनौट, गाईको गोठ ब्यबस्थापन, गाई तथा बाच्छा बाच्छी ब्यबस्थापन, गाईको आहार ब्यवस्थापन, आहारको वर्गीकरण, प्रजनन् ब्यबस्थापन र यसको बारेमा, गाईमा लाग्ने रोगहरु र यसको नियन्त्रण र रोकथामका उपायहरु, गाईको मल ब्यबस्थापन, जैबिक सुरक्षाको महत्व तथा उपायहरु, फार्म अभिलेख ब्यबस्थापन, गाईको आम्दानी खर्च सम्बन्धी विश्लेषण, गाईपालन फर्म निरीक्षण गर्ने, दूध तथा दूग्ध जन्य पदार्थको बजार ब्यवस्थापन, गाईपालनको स्किम, बचतको महत्व तथा संस्थाको पब्लिक डिपोजिटको बारेमा, कर्जा सदुपयोगिता साथै संस्थाका सेवाहरुको बारेमा जानकारी लिएका थिए । 

हाल संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै  आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]