मिर्मिरे लघुवित्त राष्ट्रिय स्तरको बन्दै, २५.२६% बोनस र ५०% हकप्रद पारित

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई लाभांश र हकप्रद सेयर वितरण गर्ने भएको छ । संस्थाको आठौं बार्षिक साधरणसभाले २०७४/७५ को मुनाफाबाट  सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर र एक दशमलब २६ प्रतिशत नगद लाभांश र ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  

साथै, यस लघुवित्तले राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा छलांङ्ग मार्न लागेको हो । उक्त साधारणसभाले राष्ट्रिय स्तरको लघुवित्त संस्था बनाउने बिशेष प्रस्ताव समेत पारित गरेको छ  ।  

अध्यक्ष टेक बहादुर बोहोराले सभामा बोल्दै, प्रारम्भिक १० जिल्लाबाट लघुवित्त कार्यक्रम सुरु गरेको यस लघुवित्तले २०७२/७३ मा १५ जिल्ला कार्यक्षेत्र हासिल गरेको थियो । त्यसैगरी, २०७४/७५ मा २५ जिल्ला कार्य क्षेत्रको अनुमति प्राप्त गर्न सफल भएको संस्थाले २०७५/७६ को दोश्रो त्रयमास सम्ममा ६० वटा शाखा मार्फत सेवा वितरण गर्ने लक्ष्य रहेकोमा ५६ वटा शाखाहरु र ५ वटा सेवा केन्द्रहरु स्थापना गरि ५१ हजार बिपन्न घरपरिवारलाई लघुकर्जा तथा बचतसेवा प्रवाह गरिरहेको बताए । 

साथै, अध्यक्ष बोहराले आफ्नो फेसबुक एकाउन्ट मार्फत ट्वीट गर्दै संस्थासँग आवद्ध सम्पूर्ण सेवाग्राही सदस्यवर्ग, सेयरधनी, साझेदार संस्थाहरु, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक लगायत कार्यरत कर्मचारिहरुले यस लघुवित्तलाई राष्ट्रिय स्तरको लघुवित्त संस्था बनाउने अभियानमा साथ सहयोग दिएकोमा सबैलाई कृतज्ञता समेत ब्यक्त गरे । 

यस लघुवित्तले नेपाल राष्ट्र बैंकबाट २०६७ सालमा एक करोड चालिस लाख चुक्ता पुंजी तथा ४ करोड अधिकृत पुँजी व्यवस्था गरि १० जिल्लामा कार्य गर्ने घ बर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्ने इजाजत पत्र प्राप्त गरि कार्यारम्भ गरेको संस्थामा २५० जना कर्मचारी आबद्ध रहेका छन् भने २०७५/७६ को कार्तिक मसान्तसम्ममा संचालन मुनाफा २ करोड ६४ लाख आर्जन गरेको छ । २०७५ पौष २० गतेसम्ममा २ अर्ब लगानीमा रही रहेको कर्जा , ५३ करोड निक्षेप रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *