नवलपरासीको बेलाटारीमा निर्धन उत्थान लघुवित्तद्धारा उद्यमशीलता तालिम सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले उद्यमशिलता विकास तालिम सम्पन्न गरेको छ । संस्थाले आफ्ना २१ जना ग्राहक सदस्यहरुको सहभागितामा नवलपरासी जिल्लाको बेलाटारीमा उद्यमशीलता विकास तालिम सम्पन्न गरेको हो । तालिममा प्रशिक्षकहरुमा पूर्ण बहादुर खडका, राधेश्याम साहनी, शाखा प्रमुख किस्मत अलि पठान रहेका थिए ।

संस्थाका कार्यक्रम अधिकृत पूर्ण बहादुर खडकाले उक्त कार्यक्रममा बोल्दै, एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको छ । साथै संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत जानकारी दिए ।

उद्यमशीलता विकास तालीमले संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न धेरै सहयोग पु¥याउनसहयोग गर्ने शाखाका शाखा प्रमुख किस्मत अलि पठानले जानकारी दिए 

यस तालिममा सहभागी सदस्यहरुले आफ्नो ब्यबसाय कसरी छनौट गर्ने, यसको बजारिकरण अध्ययन तथा व्वस्थापन गर्ने कसरी गर्ने, विभिन्न तरिकाका सम्बन्धमा आवश्यक ज्ञान हासल गरेका थिए । ग्राहक सदस्यहरु, उद्यमशीलता विकास तालिम प्रदान गरी परम्परा गत रुपमा गरी रहेको ब्यबसायलाई ब्यबसाय छनोट गरी सानो भए पनि ब्यबसाय गरी आत्मनिर्भर गराउने  कार्यक्रमको उद्देश्य रहेको छ । 

हाल संस्थाले ७ वटै प्रदेशके ७७ वटै जिल्लाहरुमा शाखा विस्तार गरी संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै  आएको छ । 

संस्थाले २०७५ मंसिर मसान्तसम्ममा ३ लाख ३३ हजार १४१ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ मंसिर मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ५२ करोड ४३ लाख रहेको छ भने ग्राहक सदस्यहरुका ९ अरब ३३ करोड ४२ लाख बचत परिचालन गरेको छ । 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *