January 8th, 2019

सेयर बजारमा सामान्य अंकको गिरावट, ३४ करोडमाथिको कारोबार

बैंकिङ खबर । मङगलबार सेयर बजार ०.४० अंकले घटेर १,१७७.०७ अंकमा कायम भएको छ । विकास बैंक, उत्पादनमुलक, अन्य र माइक्रोफाइनान्स बाहेकका सबै उपसुचकहरु घटेका छन् । सबैभन्दा धेरै ३८.१३ अंकले निर्जीवन बीमा समुह घटेको छ । 

दिनभरिमा १६० वटा कम्पनीको ११ लाख नौ हजार २० कित्ता सेयर तीन हजार पाँच सय ७३ पटक खरिद विक्री हुँदा ३४ करोड २७ लाख ८६ हजार पाँच सय ९६ को कारोबार भएको छ । 

नेपाल बैंकको सबैभन्दा धेरै आठ करोड ८६ लाख ६१ हजार तीन सयको कारोबार भएको छ । त्यसैगरी, बैंक अफ काठमाडौं, एनसीसी बैंक, प्राइमर इन्स्योरेन्स र एनआईसी एशिया बैंकको एक करोडमाथिको कारोबार भएको छ । डिप्रोक्स लघुवित्तको ९६ लाखमाथिको कारोबार भएको छ । यसबाहेक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा बैंक र एनएमबि बैंकको क्रमश : ९५ लाख ६५ हजार नौ सय ८५, ८२ लाख ६१ हजार ८६, ६६ लाख ८१ हजार दुई सय ७९ र ६५ लाख २८ हजार चार सउ दुईको कारोबार भएको छ । 

आरम्भ माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले कमाएका छन् । चौतारी लघुवित्त, साल्ट ट्रेडिङ, आँखु खोला जलविद्युत र नाङदी गु्रपका सेयरधनीले चार प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, सप्तकोशी डेभलपमेन्ट बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स, नागवेली लघुवित्त, तिनाउ विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले ६.८५८५९ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, कालिका लघुवित्त, समिट माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, अपी पावर, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, रैराङ हाइड्रोपावर, हाथवे फाइनान्स, नयाँ नेपाल लघुवित्त, कालिका पावर कम्पनी लगायतका सेयरधनीले गुमाएका छन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]