विश्व बैंकका अध्यक्ष किमद्धारा कार्यकाल पुरा नहुँदै राजिनामा

January 8, 2019

बैंकिङ खबर । विश्व बैंकका अध्यक्ष जिम योंग किमले पद त्याग गर्ने भएका छन् । सोमबार राजिनामाको घोषणा गर्दै फेब्रुअरी १ बाट पद त्याग गर्ने बताएका हुन् । छ वर्ष भन्दा बढि समय अध्यक्ष बनेका उनले आफ्नो राजिनामाको निर्णय व्यक्तिगत भएको बताएका छन् । उनले विश्व बैंकको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताउँदै विश्व बैंकको काम पहिले भन्दा अहिले महत्वपूर्ण भएको बताए । 

विश्व बैंकका अध्यक्ष प्रायजसो अमेरिकी नागरिक हुने गर्छ । किन भने विश्व बैंकमा अमेरिकी सेयर सबैभन्दा बढि छ । किमको राजिनामा पछि विश्व बैंककी मूख्य कार्यकारी अधिकृत क्रिस्टालिना जार्जिवा अन्तरिम अध्यक्ष नियुक्त हुने अन्तराष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् । 

अमेरिकाको वासिङटनमा रहेको विश्व बैंकले विकासशील देशहरुका लागि दाताको रुपमा काम गर्दै आएको छ । नेपालमा पनि विश्व बैंकले लमो समय देखि काम गर्दै आएको छ । ऐजेन्सी
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *