January 8th, 2019

केन्द्रीय बैंक र नेपाल सरकार बीचको सम्बन्ध (सात बुँदामा)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक सरकारको बैंक हो । राष्ट्र बैंक सरकारको मुख्य आर्थिक सल्लाहकार हुन्छ । राष्ट्र बैंकले सरकारलाई विभिन्न वित्तीय परामर्शहरु दिने काम गर्छ । वित्तीय एजेन्टको रुपमा काम गर्छ भने सरकारका लागि कर्जा र ऋणपत्रको व्यवस्थापनको काम गर्ने गर्छ । त्यसैले कुनै पनि मुलुकको केन्द्रीय बैंकलाई सरकारको बैंकको रुपमा लिने गरिन्छ । त्यसैले केन्द्रीय बैंक र सरकार बीच महत्वपूर्ण सम्बन्ध रहेको हुन्छ । 
केन्द्रीय बैंक र सरकार बीचको सम्बन्ध 
१. बैंकर, सल्लाहकार र वित्तीय एजेन्ट
२. बाह्य ऋण सम्बन्धी परामर्श तथा जानकारी
३. निक्षेप संकलन
४. वित्तीय एजेन्टको कार्य गर्ने
५. बैंकले विवरण, तथ्याङ्क तथा कागजात माग गर्न सक्ने
६. कानून सुधारको सम्बन्धमा बैंकसँग परामर्श लिन सक्ने
७. नेपाल सरकारलाई जाने कर्जा र सरकारी ऋणपत्रको खरिद व्यवस्थापन गर्ने

सरकारको आर्थिक सल्लाहकार : सरकारका सबै आर्थिक लेनदेनको रेकर्ड राष्ट्र बैंकसँग हुन्छ । राष्ट्र बैंकले सरकारको प्रमुख आर्थिक सल्लाहकारको रुपमा भूमिका खेलेको हुन्छ । विशेषतः सरकारको बजेट निर्माणको विषयमा राष्ट्र बैंकले सल्लाहकारको भूमिका खेल्ने हुन्छ । पूर्वबजेटको समीक्षागत प्रतिवेदन तयार गरी राष्ट्र बैंकले सरकारको सहयोगी भूमिका निर्वाह गर्दछ । त्यस्तै, प्रत्येक बर्ष अर्थमन्त्रीले बजेट पढिसकेपछि राष्ट्र बैंकलाई आर्थिक सर्वेक्षणको लागि निर्देशन दिएको हुन्छ । त्यसको लागि नेपाल सरकारसँग सहकार्य गरेर काम गर्छ । त्यस्तै, नेपाल सरकारले बाह्य क्षेत्रबाट ऋण लिंदा ऋण रकमको राशि, सोको प्राप्ति तथा ऋण सापटीका शर्त वा अवस्था तथा ऋणको भुक्तानी जस्ता विषयमा राष्ट्र बैंकसँग परामर्श लिने गर्दछ । 
वित्तीय एजेण्ट : सरकारको वित्तीय एजेन्टको रुपमा नेपाल राष्ट्र बैंकले सरकारको तर्फबाट पैसा उठाइदिने गर्छ । सरकारलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन परेमा ट्रेजरी विलमार्फत तथा जनताबाट ऋण उठाउन परेमा बचतपत्र निष्काशन गर्ने काम नेपाल राष्ट्र बैंकले गर्दछ । नेपाल सरकारसँग भएको सम्झौताका आधारमा निर्धारित शर्त वा सीमाको अधिनमा रही नेपाल सरकारद्वारा जारी गरिएका ऋणपत्रको खरिद बिक्री गर्ने, बजार व्यवस्था गर्ने, हस्तान्तरण गर्ने र सोको अभिलेख राख्ने जस्ता कारोबारहरु गर्न पाउने अधिकार नीतिगत रुपमा नै राष्ट्र बैंकलाई दिइएको छ । 
बैंकर : नेपाल राष्ट्र बैंकले सरकारको बैंकरको रुपमा पनि काम गरेको हुन्छ । सरकारको खाता नेपाल राष्ट्र बैंकमा नै रहेको हुन्छ भने त्यहीँबाट सरकारको लेनदेन हुने गर्दछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]