January 8th, 2019

भारतीय केन्द्रीय बैंकले सरकारलाई करिब ४ खर्ब लाभांश दिने

बैंकिङ खबर । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले सरकारलाई आगामी मार्चसम्ममा करिब ४ खर्ब भारतीय रुपैयाँ अन्तरिम लाभांश बझाउने भएको छ । रोयटर्सले प्रकाशित गरेको समाचार अनुसार आगमी फेब्रुअरी १ मा बजेट भाषणको क्रममा उक्त लाभांश उल्लेख गरिने छ । 

गत महिना लाभांश वितरण तथा अन्य विषयमा सरकारसँग विवाद भएपछि आरबीआईका गभर्नर उर्जित पटेलले राजिनामा दिएका थिए । त्यस लगत्तै सरकारले अर्थमन्त्रालयका पूर्व वरिष्ठ अधिकारी शक्तिकान्त दासलाई गभर्नर नियुक्त गरेको थियो । 

केन्द्रीय बैंकले दिने लाभांशले भारतीय सरकारको हालै कर संकलनमा देखिएको कमिका कारण हुने बजेट घाटालाई सन्तुलनमा लयाउन सहयोग पुर्याउने छ । यस विषयमा आरबीआई र अर्थमन्त्रालयले आधिकारीक रुपमा कुनै जानकारी नदिएको रोयटर्सले उल्लेख गरेको छ । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]