January 6th, 2019

२ अर्ब डलर ठगीको आरोपमा क्रेडिट स्वीश बैंकका पूर्व कर्मचारी पक्राउ

बैंकिङ खबर । गत साता बिहीबार क्रेडिट स्वीश बैंकका तीन जना पूर्व कर्मचारी ठगीको आरोपमा पक्राउ परेका छन् । उनीहरुलाई बैंकले मोजाम्बिकका कम्पनीलाई दिएको २ अर्ब डलरको ऋणमा ठगी गरेको आरोप लागेको छ । उनीहरुलाई गत साता बिहीवार बेलायतमा पक्राउ गरिएको हो ।  

यही ठगीको आरोपमा गत साता नै मोजाम्बिकका पूर्व अर्थमन्त्री म्यानुअल चाङ दक्षिण अफ्रिकामा पक्राउ परेका थिए । त्यस्तै लेबनानी नगरिक समेत यहि मुद्दामा बुधबार अमेरिकामा पक्राउ परेका थिए । 

पक्राउ पर्ने क्रेडिट स्वीशका पूर्व कर्मचारीहरुले सन् २०१३ देखि २०१६ सम्मको वित्तीय कारोबारमा ठगी गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् । उनीहरुले विभिन्न कारोबारमा ठगी गरी मोजाम्बिकको एक कम्पनीको नाममा २ अर्ब डलर जम्मा गरेको आरोप लागेको हो । उनीहरुले २० करोड डलर आफ्नो नाममा सारेको बताइएको छ । 

अमेरिकाले विश्वका सयभन्दा बढी मुलुकसँग गरेको सुपुर्दगी सन्धीका आधारमा यस्तो प्रकारका अपराध गरेका मानिसलाई सुपुर्दगी गरी अपेरिका पठाउनु पर्ने हुन्छ । एजेन्सीको सहयोगमा
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]