January 4th, 2019

सहारा विकास बैंकले विद्युतीय चेक क्लियरिङ सेवा दिने 

बैंकिङ खबर । सहारा विकास बैंकले विद्युतीय चेक क्लियरिङ र अन्तर बैंक विद्युतीय भुक्तानी सेवा दिने भएको छ । उक्त सेवा संचालन गर्नका लागि बैंकले नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनयकुमार शाह र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख  कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । 

बैंकले भुक्तानी प्रणालीहरुको सेवा चरणबद्ध रुपमा आफ्ना ग्राहकलाई उपलब्ध गराउने छ । पहिलो चरणमा आफ्ना ग्राहकहरुको चेकबाट हुुने कारोवारहरुलाई राफसाफ गराउने उदेश्यका साथ विद्युतीय चेक क्लियरिङ  सेवाको सुरु गरेको हो । 

हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ  गर्नेका लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली  र अनलाईन मार्फत विद्युतीय भुक्तानी गर्ने प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ ।

नेपाल क्लियरिङ हाउससँग भएको सम्झौतासँगै विद्युतीय चेक क्लियरिङ प्रणाली संचालनमा रहने वित्तीय संस्थाहरु ८० पुगेको छ । नेपाल क्लियरिङ हाउसले उक्त प्रणाली मार्फत बैंक तथा वित्तीय संस्थाहरुका चार हजार चार सय ७८ शाखाहरुको चेक राफसाफ गराउदै आएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]