January 3rd, 2019

सेयर बजारमा १.५६ अंकको गिरावट, २७ करोमाथिको कारोबार

बैंकिङ खबर । विहीबार सेयर बजार १.५६ अंकले घटेर १,१७८.८७ अंकमा कायम भएको छ । बैंकिङ, विकास बैंक र हाइड्रोपावर बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जिवन बीमा समुह ६८.०५ अंकले बढेको छ । 

दिनभरिमा १५८ वटा कम्पनीको सात लाख ९७ हजार छ सय १३ कित्ता सेयर तीन हजार सात सय २३ पटक खरिदविक्री हुँदा २७ करोड ६९ लाख ५६ हजार तीन सय एक रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको दुई करोडमाथीको कारोबार भएको छ । नेपाल दुरसञ्चार कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ कम्पनी प्रोमोटर र एनसीसी बैंकको एक करोडमाथीको कारोबार भएको छ । त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स र नविल बैंकको ८४ लाखमाथीको कारोबार भएको छ भने  अपि हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बैंक र सिद्धार्थ इन्स्योरेन्सको क्रमश ः ८३ लाख २० हजार एक सय ५७, ७४ लाख ९४ हजार आठ सय ३४ र ७२ लाख ७४ हजार सात सय ३७ को कारोबार भएको छ ।  

युनाइटेट मोदी हाइड्रोपावरका सेयरधनीले पाँच प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, सिन्धु विकास बैंक, रिडी हाइड्रोपावर, अपि पावर कम्पनी, मिर्मिरे लघुवित्त, समतम माइक्रोफाइनान्स, नाङदी ग्रुप, मिथिला लघुवित्त, नेरुडे लघुवित्त, नेशनल माइक्रोफाइनान्स लगायतका सेयरधनीले कमाएका छन् । 

सबैभन्दा धेरै कालिका लघुवित्तका सेयरधनीले ६. ९७४६४ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, हाथवे फाइनान्स, साइन रेशुङगा डेभलपमेन्ट बैंक, नागवेली लघुवित्त, आँखु खोला जलविद्युत, इभरेष्ट इन्स्योरेन्स, कावेली विकास बैंक, बरुन हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्स्योन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]