January 2nd, 2019

अब ग्लोबल आइएमई बैंकबाटै अनलाईन सेयर कारोबार गर्न सकिने

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक नेप्सेको अनलाईन सेयर कारोबार प्रणालीमा आबद्घ भएको छ । यस मार्फत बैंकका ग्राहकहरुले स्वचालित प्रणालीबाट अनलाईन सेयर कारोबार गरी सेयर खरिद विक्रीबापतको रकम रकमान्तर तथा राफसाफ गर्न सक्नेछन् । यसका लागि बैंकले “ग्लोबल सेयर लगानी बचत खाता” सञ्चालनमा ल्याएको छ, जसबाट  लगानीकर्ताहरुले घरमै बसी सजिलै स्वचालित अनलाईन प्रणालीबाट सेयर कारोबार गर्न तथा सेयर खरिद विक्रीबापतको रकम राफसाफ गर्न सक्नेछन् । 

उच्चतम ब्याजदर पाइने यस बचत खातामा निःशुल्क भाईवर र मोबाइल बैंकिङ्ग, पहिलो वर्ष निशुल्क डिम्याट खाता, मेरो सेयर खाता र डेबिट कार्ड उपलब्ध हुनेछ । यसका साथै आईपिओ र एफपिओ बारे जानकारी लिन मिल्ने एव्म आस्वा सुबिधा, इन्टरनेट बैंकिङ र चेकबुक निःशुल्क पाइने छ । यस बाहेक लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिंगमा ५० प्रतिशत छुट पनि पाइने छ ।

यसअघि बैंकमा खाता भएका ग्राहकहरुले समेत इन्टरनेट बैंकिङ सेवा लिई अनलाईन सेयर कारोबार गर्न पाउनेछन् । 

ग्लोबल आइएमई बैंकले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना नौ लाख ५० हजारभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]