January 2nd, 2019

उद्यम गर्नेलाई साढे ३ प्रतिशत व्याजमै पाइन्छ ऋण, कसरी लिने ?

बैंकिङ खबर । के तपाई स्नातक तह उत्र्तिण भई बेरोजगार बस्नुभएको छ ? यदी त्यसो हो भने तपाईले सहुलियत व्याजदरमा ऋण लिएर आफैले व्यवसाय थाल्न सक्नुहुन्छ।

तपाईले साढे ३ देखि ९ प्रतिशतसम्म यस्तो ऋणको व्याज तिर्नुपर्छ। अहिले सामान्यतः ऋणको व्याजदर १२ प्रतिशतभन्दा बढी रहेको अवस्थामा यो दरमा लिएको ऋण सही रुपमा तपाईले परिचालन गर्न सक्नु भयो भने त्यसले तपाईलाई ठूलो उद्यमी बनाउने छ। सो व्याजदरमा ७ लाख रुपैयाँसम्मको ऋण पाइन्छ। 

नेपाल सरकारले कम्तीमा स्नातक तह उत्र्तिण गरी बेरोजगार भई बसेका युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन गर्ने उद्देश्यले शिक्षित युवा स्वरोजगार कर्जा योजना ल्याएको छ। यस कर्जा योजनाबाट ऋण लिनेको ५ प्रतिशत व्याज सरकारले नै तिरिदिने व्यवस्था छ। 

आधार व्याजदरमा बैंकहरुले २ प्रतिशत जोडेर यस्तो व्याज लिन पाउँछन्। त्यसमा सरकारले ५ प्रतिशत छुट दिन्छ। जस्तो राष्ट्रिय वाणिज्य बैंकको आधार व्याजदर सबैभन्दा कम अर्थात ६. ३३ प्रतिशत मात्रै छ। सो बैंकबाट यस्तो ऋण लिँदा तपाईले ३. ३३ प्रतिशतभन्दा बढी व्याज तिर्नु पर्दैन। 

सोबाहेक नेपाल बैंकको आधार व्याजदर ७. ५२ छ। यो बैंकबाट ऋण लिँदा ४. ५२ प्रतिशत व्याज तिर्नुपर्छ। ऋण दिँदा जुुन बैंकको आधार व्याजदर कम छ सो बैंक नै छान्नु उपयुक्त हुन्छ। बैंकहरुको आधार व्याजदर १२ प्रतिशतसम्म छ। ति बैंकबाट शिक्षित युवा स्वरोजगारको कर्जा लिँदा ९ प्रतिशतसम्म पर्न आउँछ।

त्यसकारण कम आधार व्याजदर भएको बैंक छानेर सो बैंकको जुनसुकै शाखामा गई शिक्षित युवा स्वरोजगार कर्जाको फारम भर्न सक्नुहुन्छ। 

कसरी दिने आवेदन ? 
तपाईले सबैभन्दा पहिला फर्म वा कम्पनी दर्ता गर्नुपर्छ। आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्यान नं. लिनुपर्छ। त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय वा सिप विकास तालिम केन्द्रबाट तालिम लिएको प्रमाणपत्र हुनुपर्छ। जुन व्यवसाय गर्ने हो सो सम्वन्धमा तालिम लिएको प्रमाणपत्र अनिवार्य चाहिन्छ।  

अब कम आधार व्याजदर भएको बैंक छानेर त्यसको नजिक रहेको शाखामा जानुहोस्। शिक्षित युवा स्वरोजगार कर्जा मागको आवेदन भर्नुहोस्। यसका लागि तपाईले गर्ने व्यवसायको सम्पूर्ण विवरण र योजना चाहिन्छ। 

बैंकले उपलव्ध गराएको परियोजनाको ढाँचमा यी विवरण भर्नुहोस्। स्नातक तहको शैक्षिक प्रमाणपत्रको सक्कल बोक्नुहोस्। यो बैंकले नै राख्नेछ। त्यस्तै तपाईको र परिवारका सदस्यको नागरिकताको प्रमाणपत्र प्रतिलिपी पनि चाहिन्छ। 

के के व्यवसाय गर्न सकिन्छ यस्तो ऋणबाट ? 
यस्तो ऋणबाट तपाईले मोबाइल मर्मत केन्द्र, ल्यापटप वा अन्य इलेक्ट्रोनिक्स सामानको पसल, चिया कफी तथा खाजा घर, सिलाईबुनाई सम्वन्धी व्यवसाय गर्न सक्नुहुन्छ। रेष्टुरेन्ट, किराना पसल तथा साइबर संचालन गर्न सकिन्छ। 

त्यस्तै मौरी, गाई, भैसी, बाख्रा वा कुखुरापालन गर्न सकिन्छ।  फलफूल, तरकारी वा अन्य जुनसुकै कृषि कामका लागि यस्तो ऋण पाइन्छ। 

धितो के राख्ने ?
ऋणका लागि चाहिने धितो धेरैलाई बोझ हुने गरेको छ। यस्तो ऋणमा कुनै धितो राख्नुपर्दैन। शैक्षिक प्रमाणपत्र र आफूले गर्ने व्यवसाय नै धितो रहन्छ।

जस्तै बाख्रापालन गर्ने हो भने सो ऋणबाट तपाईले किनेको सबै बाख्रा, दाना, मेसिनरी उपकरणहरु सबै स्वतः धितो हुन्छ। यो ऋण तपाईले ५ वर्षसम्म तिर्नुपर्छ। नियमित रुपमा ऋण तिर्दै जाँदा समय नपुगे थप्न पनि सकिनेछ। 

सस्तो व्याजका लागि आधार व्याजदर हेर्नुहोस् । कुनको कति ?

 

 Bank   Base Rate (Ashwin 075)
Rastriya Banijya Bank 6.33%
 Nepal Bank  7.52%
Nabil 8.06%
 Standard Chartered  8.14%
 Everest  8.80%
Nepal Investment 9.03%
Himalayan  9.22%
 Prabhu  9.49%
Prime 10.39%
Nepal SBI 10.43%
 Sanima  10.55%
Mega 10.55%
 Global IME  10.59%
 Siddhartha  10.62%
Bank of Kathmandu 10.62%
NMB 10.68%
NIC Asia 10.77%
Nepal Bangladesh 10.84%
Sunrise 10.97%
 Civil  10.98%
 Kumari  11.09%
 Machhapuchchre  11.21%
Janata 11.22%
 Laxmi  11.28%
Nepal Credit & Commerce 11.45%
 Citizens  11.47%
Century 11.51%
 Agriculture Dev  12.32%

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]