January 1st, 2019

कामना सेवा विकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

बैंकिङ खबर ।  कामना सेवा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच पुस १७ गते बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र जनरल  ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक  एस. के. टमोटले हस्ताक्षर गरे । 

उक्त सम्झौता अनुसार बैंकका सम्पुर्ण ग्राहकहरुले आफ्नो ६२ वटै शाखा बार्ययहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

हाल बैंकको ६२ वटा शाखा तथा १७ वटा एतिएम मार्फत गा्रहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको छ  । साथै बैंकले एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वा र एविविएस सेवा मार्फत बैंकिङ सुविधा दिँदै आईरहेको छ । 

 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]