January 1st, 2019

सेयर बजार १.३६ अंकले घट्यो, ६१ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । मङलबार सेयर बजार १.३६ अंकले घटेर १,१८५.९१ अंकमा कामयम भएको छ । निर्जिवन बीमा, माइक्रोफाइनान्स र जिवन बीमा बाहेकका सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह ४.९१ अंकले घटेको छ । 

दिनभरिमा १५६ वटा कम्पनीको छ लाख ८९ हजार सात सय २० कित्ता सेयर तीन हजार पाँच सय ९७ पटक खरिदविक्री हुँदा २२ करोड ८५ लाख ४३ हजार चार सय १५ रुपैँयाको कारोबार भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको एक करोडमाथीका कारोबार भएको छ । यसबाहेक, कृषि विकास बैंक, नेपाल बैंक, नेको इन्स्योरेन्स र एनएमबि बैंक, नेपाल एसबिआई बैंक, प्रभु बैंक, चिलिमे हाइड्रोपावर र लुम्बिनी किास बैंक धेरै कारोबार गर्ने १० कम्पनीको सुचिमा छन् । 

कालिका लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै नौ प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, मिथिला लघुवित्त, नेशनल माइक्रोफाइनान्स, उन्नती माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, जेबिल्स फाइनान्स, भार्गव विकास बैंक, वोमी माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स, पोखरा फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

सांग्रीला डेभलपमेन्ट बैंक र राधी विद्युत कम्पनीका सेयरधनीले सबैभन्दा धेरै दुई प्रतिशतभन्दा बढिका दरले गुमाएका छन् । यसबाहेक, प्रभु बैंक, नागवेली लघुवित्त, कालिका पावर कम्पनी, नयाँ नेपाल लघुवित्त, ग्रामीण विकास लघुवित्त, सानिमा इक्टिी फण्ड, बरुन हाइड्रोपावर, गुराँस लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले गुमाएका छन् ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]