December 31st, 2018

सेयर बजारमा १७.२६ अंकको गिरावट, कारोबार ४० करोडमाथि

बैंकिङ खबर । सोमबार सेयर बजार १७.२६ अंकले घटेर १,१८७.२८ अंकमा कायम भएको छ । हाइड्रोपावर ,फाइनान्स र उत्पादनमुलक बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमा समुह एक सय ६० दशमलव २३ अंकले घटेको छ । 

दिनभरिमा १६७ वटा कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता सेयर पाँच हजार दुई सय ५८ पटक खरिदविक्री हुँदा ४० करोड तीन लाख १२ हजार तीन सय ८५ को कारोबार भएको छ । 

नेशनल लाइफ इन्स्योरेन्स, नेपाल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको दुई करोमाथीको कारोबार भएको छ । यसबाहेक, छिमेक लघुवित्त, एनएमबि बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स, नागरिक लगानी कोष र प्राइम लाइफ इन्स्योरेन्सको क्रमशः एक करोडमाथिको कारोबार भएको छ भने एनसीसी बैंक र मेगा बैंकको क्रमशः ९८ लाख ३५ हजार सात सय ९१ र ८५ लाख ८४ हजार दुई सय ३१ को कारोबार भएको छ । 

जेबिल्स फाइनान्स, सांग्रीला डेभलपमेन्ट बैंक र कालिका पावर कम्पनीका सेयरधनीले चार प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, अरुन कावेली पावर, लक्ष्मी भ्यालु फण्ड, गोर्खाज फाइनान्स, सानिमा इक्टिी फण्ड, सिटिजन्स म्युचल फण्ड, हिमालयन डिस्टीलरी, नविल प्रगति फण्ड लगायतका सेयरधनीले कमाएका छन् । 

महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै आठ प्रतिशतभन्दा बढिका दरले गुमाएका छन् । यसबाहेक, पुर्णिमा विकास बैंक, हिमालयन बैंक, जनता बैंक, एनएमबि माइक्रोफाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, युनाइटेट इन्स्योरेन्स, राधी विद्युत कम्पनी र नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले गुमाएका छन् । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]