December 30th, 2018

सिटिजन्स बैंकमा विभिन्न १२ पदमा कर्मचारी आवश्यक

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न १२ पदमा कर्मचारी मागेको छ । बैंकले शाखा प्रबन्धक र विभागीय प्रमुखहरु मागेको छ । 

शाखा प्रबन्धक
बैंकले केही संख्यामा सिनियर अफिसर वा अफिसर लेभलको ब्रान्च मेनेजर मागेको छ । उपत्यकाभित्रका विभिन्न शाखा तथा गाइघाट र बनेपा शाखाका लागि यस पदमा कर्मचारी मागिएको हो । सिनियर अफिसरका लागि सात वर्ष र अफिसरका लागि पाँच वर्षको अनुभव मागिएको छ । 

बैंकले महोत्तरीको औराही, बाराको कोहलबी, जाजरकोट, जुम्ला र डोल्पा शाखाका लागि पनि अफिसर वा जुनियर अफिसर लेभलका ब्रान्च मेनेजर मागेको छ । कम्तीमा पाँच वर्षको अनुभव भएकाले आवेदन दिन पाउनेछन् ।

जुनियर अफिसर र सुपरभाइजर लेभलका ब्रान्च मेनेजर मनाङको चामे, पाल्पाको चहारा र कैलालीको मोहनियालका लागि मागिएको छ । जुनियर अफिसरका लागि पाँच वर्ष र सुपरभाइजरका लागि तीन वर्षको अनुभव मागिएको छ । 

विभागीय प्रमुख
बैंकास्योरेन्स, रेमिट्यान्स, ईबैंकिङ, कम्प्लायन्स डिपार्टका लागि अफिसर लेभलका पाँच वर्षको अनुभव भएका विभागीय प्रभुख मागिएको छ । आईटी डिपार्टका लागि पनि पाँच वर्षको अनुभव भएको जुनियर अफिसर वा सुपरभाइजर लेभलको कर्मचारी मागिएको छ । 

एप्लाई गर्ने म्याद ५ जनवरीसम्म मात्रै रहेको छ । अनलाइनबाटै आवेदन दिन सकिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]