December 28th, 2018

ज्योती विकास बैंक र ग्राण्डि इन्टरनेशनल हस्पिटलबीच सम्झौता

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेड र ग्राण्डि इन्टरनेशनल हस्पिटल प्रा. लि. बीच सम्झौता भएको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालको स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौतामा बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक राम हरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत कोल.अम्रित खन्नाले हस्ताक्षर गरे ।  यस बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको आइडेन्टी कार्ड  देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।  

हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । चालु आर्थिक वर्षभित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ । 

   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]