December 28th, 2018

सिटिजन्स बैंकको प्रादेशिक कार्यलय प्रदेश १ को राजधानी विराटनगरमा

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष १३ गते प्रदेश नं १ को प्रादेशिक कार्यालय बिराटनगरमा स्थापना गरेको छ । उक्त कार्यालयको उद्घघाटन समारोहमा जिल्लाका उच्चपदस्थसरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो  ।

प्रदेश नं १ अन्तर्गत बैंकका ११ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागतसुशासन, जोखिमव्यवस्थापनएवमगुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
हाल बैंकले ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

                                                                        
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]