December 28th, 2018

नेपाल पुनर्बिमा कम्पनीको आइपीओ निष्काशन हुँदै

बैंकिङ खबर । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि आज शुक्रबार विशेष साधारणसभा बोलाएको छ ।

साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासन गर्ने तयारी रहेको छ ।  आईपीओ निष्कासन गर्नका लागि विशेष साधारणसभा बोलाइएको हो ।  

कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कास गर्न लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले क्रेडिट रेटिङको काम पनि सकिएको छ ।  कम्पनीले आईपीओ निष्कासन गर्नका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

पुनर्बिमामा सरकारको ४३.५५ प्रतिशत स्वामित्व छ । गत साउनमा सरकारले २ अर्ब ७५ करोड १७ लाख रुपैयाँ लगानी गरिसकेको छ । यस्तै बिमा कम्पनीहरुले १ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरिसके छ । बााँकी १ अर्ब ६० करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गरेर जुटाउने भएको छ ।

कम्पनीको पुँजी १० अर्ब रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँ नाफा गरेको छ । आईपीओ निष्कासनपछि मात्र कम्पनीले नाफा वितरण गर्ने छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]