December 27th, 2018

गरिमा विकास बैंकको दुई नयाँ शाखा विस्तार 

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले पौष ११ गते दाङ जिल्लाको घोराही र कैलाली जिल्लाको धनगढीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । घोराही शाखा कार्यालयको उद्घाटन घोराही  उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखा कार्यालयको उद्घाटन धनगढी उप–महानगरपालिकाका मेयर निर्प ओडले गरे ।  

हाल बैंकले ६६ वटा शाखा कार्यलय र १५ वटा एटीएम मार्फ आफ्ना ग्राहकवर्गहरुलाई बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने योजना रहेको बैंकले जनाएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]