December 26th, 2018

सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकास्योरेन्स सम्झौता

बैंकिङ खबर । सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंक बिच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र सिभिल बैंकको तर्फबाट सिबिओ सुजितकुमार शाक्यले हस्ताक्षर गरे । 

यस सम्झौता पछि सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्तगर्न सक्नेछन् । उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]