December 25th, 2018

एक महिनामा शोधनान्तर घाटा करिब २२ अर्ब

काठमाडौं: पछिल्लो समय देशको शोधनान्तर घाटा बढ्दै गएको छ। असोजमा २५ अर्ब ४२ करोड रहेको शोधनान्तर घाटा कार्तिक २१ अर्ब ९१ करोडले बढेर ५७ अर्ब ३३ करोड पुगेको छ।

व्यापार घाटा बढ्दै जाँदा तथा देशभित्र आउने पैसाभन्दा देशबाट बाहिरिने पैसा धेरै भएका कारण शोधनान्तर बढ्दै गएको हो।गएको आवको सो अवधिमा दुई अर्ब ४० करोड शोधनान्तर बचत रहेको थियो।

चालु आवको कार्तिकमा चालु खाता ८८ अर्ब ६४ करोडले घाटामा रहेको छ। गएको आवको सो अवधिमा ४८ अर्ब ९८ करोड घाटा रहेको थियो। अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]