December 24th, 2018

सेयर बजारमा ६.४५ अंकको गिरावट, ४८ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । सोमबार सेयरबजार ६.४५ अंकले घटेर १,१९१.७४ अंकमा कायम भएको छ । फाइनान्स, उत्पादनमुलक जीवन बीमा र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह ३२.६६ अंकले घटेको छ । 

दिनभरिमा १६८ वटा कम्पनीको २२ लाख ७६ हजार एक सय ७५ कित्ता सेयर सात हजार नौ सय ५३ पटक खरिद विक्री हुँदा ७९ करोड ८७ लाख १८ हजार ५३ रुपैयाको कारोबार भएको छ । 

एनएमबी बैंकको नौ करोड माथीको कारोबार भएको छ । त्यसैगरी प्राइम कमर्सियल बैंकको ८ करोडमाथी  कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको र लाईफ इन्स्योरेन्स कम्पनीको तीन करोडमाथी कारोबार भएको छ । यसबाहेक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स ,नेको इन्स्योरेन्स र ग्लोबल आईएमई बैंकको  दुई करोमाथीको कारोबार भएको छ । प्राइम लाईफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीको एक करोमाथीको कारोबार भएको छ । 

हाथवे फाइनान्स र ग्लोबल आईएमई लघुवित्तका सेयरधनीले दश प्रतिका दरले कमाएका छन् भने सिभिल लघुवित्त, जलविद्युत लगानी तथा विकास कम्पनीका सेयरधनीले नौ प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । एनएमबी लघुवित्तका सेयरधनीले ६ पैतिशतका दरले कमाएका छन् । त्यसैगरी, युनाइटेट मोदी हाइड्रोपावर, सिर्जना फाइनान्स र प्रोग्रेशिभ फाइनान्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, नेशनल लाइफ इन्स्योरेन्स र गोर्खाज फाइनान्स लगायतका सेयरधनीले कमाएका छन् । 

विशाल बजार कम्पनी र मल्टीप्रपोज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै सात प्रतिशतभन्दा बढिका दरले गुमाएका छन् । यसबाहेक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, अरुन कावेली पावर, ओरेन्टल होटल, नेपाल सेवा लघुवित्त, सिद्धार्थ बैंक, खानीखोला हाइड्रोपावर र तारागाउ रेजेन्सी होटल लगायतका सेयरधनीले गुमाएका छन् ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]