December 21st, 2018

हेर्नुस् : प्रचलनमा रहेका बैंकिङ सफ्टवेयरहरु, कसरी गरिन्छ प्रयोग ?

बैंकिङ खबर / बैंक संचालनका लागि प्रयोग हुने सफ्टवेरहरुको पनि क्रमशः विकास भइरहेको छ । सुृरुमा कागजी रुपमा रजिष्टरमा गरिने हिसाबकिताब अब कम्प्युटरमा गर्न थालिएको छ । यसका लागि पनि छुट्टा छुट्टै सफ्टवेयरको विकास गरिएको छ । यसबाहेक पनि आवश्यकताअनुसार, बैंकिङ सफ्टवेयरहरुको प्रयोग भइरहेको छ भने थप भित्रिने क्रममा पनि रहेका छन् । 

सिविएस : नेपालका अधिकाशं बैंकले प्रयोग गर्ने प्रमुख सफ्टवेयर सिविएस हो । यसले रकम राख्न, झिक्न, ब्याजको गणना लगायतका काम गर्न सघाउँछ ।

एमआइएस :  एमआइएसले बैंकका हरेक शाखाको दैनिक नाफा र घाटाको हिसाव निकाल्छ । यसले कुन शाखामा कति निक्षेप जम्मा भयो, कति ऋण गयो, कुन शाखामा रकम फ्रिज भएर बसेको छ, कुनमा नगदको अभाव छ भन्ने जानकारी ब्यवस्थापन तहका व्यक्तिहरूलाई गराउँछ । यसैलाई विश्लेषण गरेर ब्यवस्थापनले नगदको प्रवाह एक शाखाबाट अर्कोमा गराउने, ऋण लगानी गर्ने गर्छन् ।

लोन मेनेजमेन्ट सफ्टवेयर : लोन मेनेजमेन्ट सफ्टवेयरले ऋणका लागि ग्राहकले निवेदन दिएपछि त्यसमा बढेको प्रक्रियाको सम्पूर्ण विवरण देखाउँछ । यसले ऋणको कागजात कुन शाखामा, कुन अधिकारी कहाँ पुगेको छ, स्वीकृत हुने र नहुने अवस्थाबारे जानकारी दिन्छ । 

एलसी ग्यारेन्टी र बिल्स मेनेजमेन्ट :  एलसी ग्यारेन्टी र बिल्स मेनेजमेन्ट सफ्टवेयरले ब्यक्तिले खोलेको एलसी, बैंक ग्यारेन्टी, विल्सको अवस्था, त्यसको अवधि, म्याद सकिएको जानकारी समयमै ब्यक्ति र बैंकका अधिकारीलाई दिन्छ ।

इन्टिग्रेसन सफ्टवेयर : डेबिट, क्रेडिट र पस कार्डलाईं सम्बन्धित बैंकसँग आइएसओ इन्टिग्रेसन सफ्टवेयरले जोड्छ । नेपालमा भिसा, मास्टर कार्ड, स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी)लगायतका कार्ड प्रयोगमा छन् । इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङका लागि पनि छुट्टाछुट्टै सफ्टवेयर छन् ।
 
कोर बैकिङ :  बैंकिङ सिस्टममा बैंकको मुटु हो कोर बैकिङ । नेपालको बैंकहरुमा मुख्यतया चलेको सफ्टवेयर आइफेलेक्स, ट्युमिनस, फिनिकल हो जो विदेशबाट आयातित सफ्टवेयर हुन भने अधिकांश बैंकहरुले नेपालमै बनेको पुमोरी सफ्टवेयर चलाउँदै आएको रिभोसाइन्सले उल्लेख गरेको छ । जुन सफ्टवेयर नेपाली कम्पनी मर्कनटाइलले बनाएको हो । सामान्यतया सफ्टवेयरहरू ५–७ हजारदेखि करोडौंसम्मका हुन्छन् । सफ्टवेयर कत्तिको सुरक्षित र राम्रो बनाउने भन्ने विषय त्यसको लागतमा भर पर्छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]