December 21st, 2018

प्राइम बैंकले १६ प्रतिशत बोनस सेयर दिने

बैंकिङ खबर । प्राइम कमर्सियल बैंक लिमिटेड लिमिटेडले १६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले एक अर्ब २८ करोड ५३ लाख २७ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । 

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९८ हजार ८७० रुपैयाँ रहेको छ भने बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ६८९ रुपैयाँ पुग्नेछ ।

प्रस्तावित सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]