December 20th, 2018

अधिकांश माग सम्बोधन भएपछि लगानीकर्ताले तोडे अनसन

बैंकिङ खबर । चार दिनदेखि आमरन अनसन बसेका लगानीकर्ताहरुले एक अर्कालाई पानी खुवाएर अनसन तोडेका छन् । पूँजीबजार बिस्तार र सुधारसहित अर्थमन्त्रीको राजीनामा माग्दै यो समूहले आन्दोलन थालेको लगानीकर्ता दबाब समूह ११ दिनदेखि अनसनमा थियो धने चार दिने देखि आमरन अनसनमा थियो । आमरण अनसनमा दवाब समूहका संयोजक हरि ढकाल र तिलक कोइराला सहभागी थिए । 

बुधबार अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमा आफ्ना अधिकांश माग सम्बोधन भएपछि उनीहरुले अनसन तोडेका हुन् । अनसन तोडेपनि आफूहरुले बजार विकास र बिस्तारको मुद्धामा खबरदारी नछाड्ने उद्घोष गरेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]