December 20th, 2018

विदेशबाट फर्केर स्वदेशमै उद्यमी बन्न यसरी लिनुहोस् ‘सहुलियत ऋण’ 

बैंकिङ खबर । नेपाल सरकारले सहुलियत कर्जा उपलब्ध गराउने व्यबस्था गरे सगै युवा वर्गहरुमा स्वरोजगार बन्ने सपना बढ्दै गएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै व्यावसायिक योजनासहित सरकारले सहुलियतपूर्ण सरल कर्जाको लागि आवेदन माग गरेको छ । जसअनुसार, विदेशमा बस्दा सिकेको सीप प्रयोग गरी स्वदेशमा नै केही उद्यम गर्न चाहने युवाले अब सहुलियत दरमा कर्जा लिएर व्यवसाय सुरु गर्न सक्नेछन् । यस्ता युवाले १० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् ।  

कसरी लिने सहुलियत कर्जा
स्वरोजगार हुनका लागि वैदेशिक रोजगार सम्बन्धी ज्ञान÷सीप÷तालिम÷अनुभवको प्रमाणित प्रतिलिपिहरु साथमा लिई बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय जानुपर्ने छ । बोर्डमा गई एउटा फारम भर्न दिन्छ । सो फारम सही तरिकाले भर्नुपर्छ । फारम भर्दा एक प्रति पासपोर्ट साइजको फोटो चाहिन्छ । साथै फारममा तिन पुस्ताको पुरा नाम, ठेगाना, विदेश गएको देशको नाम, रोजगारदाताको कम्पनिको नाम, विदेश बसेको अवधि, अनुभव, सीप र नेपालमा गर्न लागेको पेशा वा व्यवसायको नाम, ठेगाना र अनुमानित लाग्ने खर्चको विवरण भर्नु पर्दछ । 

कर्जा लिन आवश्यक कागजातहरु 
थोरै ब्याजदरमा ऋण लिन जाने व्यक्तिले नेपाली नागरिकताको प्रतिलिपि, राहदानी र प्रवेशाज्ञाको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, कुनै पनि देशमा कम्तीमा छ महीनासम्म सम्बन्धित तालीम र पेशा व्यवसायको प्रतिलिपिको साथै नेपाल फर्किएको तीन वर्ष ननाघेको हुनुपर्नेछ । 

कस्ता ब्यक्तिले पाउदैनन् कर्जा ?
नेपाली नागरिक नभएको, नेपाल फर्किएको ३ वर्ष नाघेको, विदेशको आवासीय अनुमती पत्र (पिआर ग्रीन कार्ड) भएको, कर्जा सुचना केन्द्रको कारवाहीमा परी कालो सुचीमा परेको व्यक्तिले कर्जा पाउँदैन । यस्तो कर्जा 

यसरी प्राप्त हुन आएका निवेदनहरु मध्ये तोकिएका शर्तहरु पुरा भएका निवेदनहरु मात्र संकलन गरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले स्वरोजगार हुन चाहनेको लगत विवरण तयार पार्ने र आवश्यक सहयोगका लागि सिफारिस सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गर्नेछ ।

नेपाल सरकारको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय, काठमाडौँमा गई वा अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । जुन उद्देश्यका लागि कर्जा लिएको हो सोही उद्देश्यमा उपयोग गर्नुपर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]