December 19th, 2018

सेयर बजार ५.४६ अंकले घट्यो, सबैभन्दा धेरै कावेली विकास बैंकका सेयरधनीले कमाए

बैंकिङ खबर । बुधवार सेयर बजार ५.४६ अंकले घटेर १,१६२.७० अंकमा कायम भएको छ । विकास बैंक, फाइनान्स, निर्जिवन बीमा कम्पनी र उत्पादनमुलक बाहेक सबै उप सुचक घटेका छन् । सबैभन्दा धेरै जिवन बीमा समुह ३६.५६ अंकले घटेको छ । 

दिनभरिमा १५८ वटा कम्पनीको १३ लाख दुई हजार आठ सय २२ कित्ता सेयर चार हजार चार सय ४२ पटक खरिदविक्रि हुँदा ३८ करोड ७२ लाख ९२ हजार नौ सय आठको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स र एनएमबि बैंकको तीन करोडमाथीको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमइ बैंक र मेगा बैंककोको दुई करोडमाथीको कारोबार भएको छ । यसबाहेक, नेपाल बैंक, गण्डकी विकास बैंक, एनआइसी एशिया बैंक, एनसीसी बैंकको एक करोडमाथीको कारोबार भएको छ भने नेको इन्स्योरेन्सको ९४ लाख नौ हजार ३६ को कारोबार भएको छ । 

कावेली विकास बैंकका सेयरधनीले नौ प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । त्यसैगरी विजय लघुवित्त र ग्रामीण विकास बैंकका सेयरधनीले ६ प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, नेपाल सेवा लघुवित्त, लुम्बिनी विकास बैंक, गार्खाज फाइनान्स, सुर्योदय लघुवित्त, रैराङ हाइड्रोपावर, सांग्रीला विकास बैंक र सिभिल लघुवित्तका सेयरधनी लगायतले कमाएका छन् । 

ङादी ग्रुपका सेयरधनीले ७.३१७०७ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, हिमालयन बैंक, एनएमबि माइक्रोफाइनान्स, आरएमडिसी लघुवित्त, मिर्मिरे लघुवित्त, मिथिला लघुवित्त, स्वरोजगार लघुवित्त, नेशनल लाइफ इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स र फास्र्ट मेरो फाइनान्स लघुवित्त लगायतका सेयरधनीले गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]