December 19th, 2018

मेगा बैंकले ७.८५ प्रतिशत लाभांश दिने

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडले ७.८५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको संचालक समितिको बैठकले १.००२३३ प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । 

बैंकले कुल ८० करोड ७६ लाख ५३ हजार चार सय ४६ रुपैयाँ ३९ पैसा बराबरको लाभांश वितरण गर्नेछ । जसमा ७० करोड ४५ लाख ५८ हजार रुपैयाँ नगद लाभांश र १० करोड ३० लाख ९४ हजार रुपैयाँ बराबरको बोनस सेयर रहेको छ । हाल मेगा बैंकको चुक्तापुँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार रुपैयाँ रहेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्तापुँजी १० अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]