December 19th, 2018

हिमालयन बैंकको लाभांश प्रस्ताव

बैंकिङ खबर । हिमालयन बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने भएको छ । पुस ३ गते मंगलबार बसेको बैंक सञ्चालक समितिको ३६४ औं बैंठकले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र १०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । 

बैंकले प्रस्ताव गरेअनुसार बोनस वापत ४० करोड ५७ लाख २६ हजार ४५० र नगद लाभांश वापत ८७ करोड ५५ लाख १७ हजार १०६ रुपैयाँ गरि कूल एक अर्ब २८ करोड १२ लाख ४३ हजार पाँच सय ५६ रुपैयाँ वितरण गरिनेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

हाल ८ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकको ५ प्रतिशत बोनस वितरणपछि ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]