December 18th, 2018

लिवर्टी ईनर्जी कम्पनीको सेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त 

बैंकिङ खबर । लिवर्टी इनर्जी कम्पनी लिमिटेड र एनआईविएल एस क्यापिटल लिमिटेड बीच  सम्झौता भएको छ । साधारण शेयर जारी गर्न प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी लिमिटेड र बिक्री प्रवन्धकमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।   

हाल कम्पनीको अधिकृत पुँजी १ अर्व ५० करोड रहेकोमा उक्त पूँजीको १०% का दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता शेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानिय बासिन्दाहरुलाई र थप १५% अर्थात रु.२२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणहरुमा जारी गर्ने योजना रहेको छ । यसरी शेयर जारी गरी बाँडफाँट गरे पश्चात कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी रु.१ अर्व ५० करोड हुनेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]