December 18th, 2018

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ५३ करोड माथी  

बैंकिङ खबर । मङगलबार सेयर बजार १४.६१ अंकले घटेर १,१६८.१७ अंकमा कायम भएको छ । उत्पादनमुलक र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमा समुह १९२.३२ अंकले घटेको छ । 

दिनभरिमा १५९ वटा कम्पनीको १४ लाख ७८ हजार सात सय २४ कित्ता सेयर पाँच हजार छ सय ७४ पटक खरिदविक्री हुँदा ५३ करोड २३ लाख २५ हजार छ सय ४६ रुपैयाको कारोबार भएको छ । जसमध्ये नेपाल बैंक लिमिटेडको पाँच करोड माथीको  कारोबार भएको छ । त्यसैगरी एनएमबि बैंकको चार करोड माथी कारोबार भएको छ भने, एनसीसी बैंक, शिखार इन्स्योरेन्स र एनआइसी एशिया बैंकको दुई करोड माथीको कारोबार भएको छ । यसबाहेक, ग्लोबल आईएमइ बैंक, नेपाल इन्भेष्मेन्ट बैंक, प्रभु बैंक, नविल बैंक र नेको इन्स्योरेन्सको क्रमशः एक करोड ८३ लाख ९८ हजार दुई सय ७३, एक करोड ६५ लाख १८ हजार नौ सय ६३, एक करोड ३९ लाख चार हजार नौ सय ७८, एक करोड ३६ लाख ८६ हजार छ सय १७ र एक करोड २७ लाख एक हजार नौ सय दुईको कारोबार भएको छ । 

समिट माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, सिभिल लघुवित्त, महिला सहयात्रा लघुवित्त र स्वदेशी लघुवित्तका सेयरधनीले क्रमशः ९.८१, ७.६९ र ५.५२ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरि नयाँ नेपाल लघुवित्त, हिमालयन डिस्टीलरी , सिटिजन्स म्युचल फण्ड, हाथवे फाइनान्स र नविल समृद्धि फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् । 

विजय लघुवित्त र रैराङ हाइड्रोपावरका सेयरधनीले सात प्रतिशत भन्दा बढिका दरले गुमाएका छन् । त्यसैगरी स्वरोजगार लघुवित्त, युनाइटेट इन्स्योरेन्स, माहुली सामुदायिक लघुवित्त, सगरमाथा इन्स्योरेन्स, कालिका लघुवित्त, अपी पावर कम्पनी, नेरुडे लघुवित्त र ग्रामीन विकास लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]