December 14th, 2018

तीन वटा वित्तीय संस्थामा जागीर : एसएलसी उतीर्णलाई पनि अवसर

बैंकिङ खबर । युनाइटेड फाइनान्सले उपत्यकाबाहिरका शाखाहरुका लागि केही संख्यामा मेनेजमेन्ट ट्रेनी माग गरेको छ । मेनेजमेन्ट संकायमा स्नातकोत्तर उतीर्ण, उमेर ३० वर्ष ननाघेको, अंग्रेजी र नेपाली भाषाका साथै कम्प्युटरसम्बन्धी ज्ञान भएको र अफिस एप्लिकेसनसम्बन्धी काम गरेको अनुभव भएको व्यक्तिले उक्त पदका लागि एप्लाई गर्न सक्नेछ । १२ महिनाको तालिम अवधि सकिएपछि जुनियर अफिसरको पदमा नियुक्त गरिने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई उमेर र शैक्षिक योग्यता उल्लिखित वायोडाटाका साथमा निवेदन डिसेम्बर २६ अर्थात पुस ११ गतेभित्र युनाइटेड फाइनान्सको एचआर डिपार्टमेन्टमा पठाउन आह्वान गरिएको छ । [email protected] मार्फत आवश्यक कागजातहरु पठाउन सकिनेछ । 

त्यस्तै, स्वस्तिक लघुवित्त वित्तीय संस्थाले केही संख्यामा कनिष्ट सहायक, शाखा अधिकृत र विभागीय प्रमुख मागेको छ । जुनियर एसिस्टेन्टका लागि एसएलसी वा एसईई उतीर्ण र १८ देखि ३५ वर्ष बीचको उमेर भएको हुनुपर्नेछ । शाखा अधिकृतका लागि प्लस दुई उतीर्ण, एक वर्षको कार्यअनुभव र उमेर १८ देखि ३५ वर्ष बीचको हनुपर्नेछ । विभागीय प्रमुखका लागि भने ४० वर्षमुनिको कर्मचारी मागिएको छ । स्नातक उतीर्ण भने तीन वर्ष र प्लस दुई उतीर्ण भए पाँच वर्षको अनुभव मागिएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले पुस १३ गतेभित्र एप्लाई गरिसक्नुपर्नेछ । यसका लागि [email protected] वायोडाटा पठाउनुपर्नेछ । अन्तर्वार्ताको लागि कनिष्ट सहायकले तीन सय रुपैयाँ र शाखा अधिकृत तथा विभागीय प्रमुखले चार सय रुपैयाँ दस्तुर पनि बुझाउनुपर्छ ।

भक्तपूरको गट्ठाघरमा रहेको कृषि विकास बचत तथा ऋण सहकारी संस्थाले केही संख्यामा बजार प्रतिनिधिहरु माग गर्दै सूचना प्रकाशन गरेको छ । एसएलसी अथवा एसईई उतीर्ण गरेकाले एप्लाई गर्न पाउँछन् । १९ डिसेम्बरभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ । अनुभवी र दुई पांग्रे सवारीको लाइसेन्स भएकालाई प्राथमिकता दिइने बताइएको छ । थप जानकारीका लागि ०१ ६६३६५८१, ०१ ६६३६५८२ र ०१ ६६३६५८३ मा सम्पर्क गर्न सकिनेछ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]