December 13th, 2018

साढे २६ लाख किसानको ऋण मिनाहा गर्दै मोदी

बैंकिङ खबर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २६ करोड ५० लाख किसानले लिएको चार लाख करोड बराबरको भारतीय मुद्रा ऋण मिनाहा गर्ने तयारी गरेका छन् । उनले ऋण चुक्ता गर्नका लागि आवश्यक प्रक्रिया समेत सुरु गरिसकेको भारतीय सञ्चार माध्मयहरुले जनाएका छन् । 

भारतको लोकसभाको निर्वाचन नजिकिँदै गर्दा किसानलाई प्रभावित पार्न मोदीले यस्तो योजना ल्याउन लागेको बुझिएको छ । यसअघि कांग्रेसले तीन पटक ऋण मिनाहा गर्दा तीन पटक नै विजयी भएको थियो । मोदीले पनि आगामी निर्वाचनलाई प्रभावित पार्न सोही फण्डा अपनाउन थालेको देखिन्छ । 

उनी नयाँ दिल्ली  मध्यप्रदेश, तेलंगना, मिजरोम, राजस्थान र छत्तिसगढमा हालै सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा नराम्ररी पराजित भएका छन् । अब २०१९ मा हुने लोकसभालाई प्रभावित पार्न मोदीले किसानी ऋण माफीलाईमूख्य चुनावी मुद्धा बनाउन लागेको बुझिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]