December 11th, 2018

अख्तियारले माग्यो राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण

बैंकिङ खबर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरबका आयोजनाहरुसँग प्रगति विवरण माग गरेको छ । आयोगले आयोजनामा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै प्रगति विवरण मागेको छ । निर्धारित समयसम्म पनि आयोजनाको आर्थिक र भौतिक प्रगति कमजोर भएको गुनासो आएपछि आयोगले सबै आयोजनालाई पत्राचार गरी के कति कारणले ढिलाइ भएको हो भनेर प्रगति विवरण मागेको जानकारी दिएको छ । 

सरकारले आर्थिक बर्ष २०६८।६९ को बजेटमा १७ वटा आयोजनालाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा उल्लेख गरिएकोमा आर्थिक बर्ष २०७०।७१ को बजेट मार्फत चार आयोजना थप भई २१ पुगेका छन् । जसमध्ये, उर्जा मन्त्रालयअन्तर्गत तीन वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पाँच वटा, सहरी विकास मन्त्रालयअन्तर्गत चार वटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पाँच वटा र वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गत एउटा आयोजना रहेको छ । 
  
यी हुन् राष्ट्रिय गौरबका आयोजनाहरु :
उर्जा मन्त्रालय

१. माथिल्लो तामाकोशी जलविद्युत आयोजना
२. बुढी गण्डकी जलबिद्युत आयोजना
३. पश्चिम सेती जलबिद्युत आयोजना

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१. मध्य पहाडी (पुष्पलाल) लोकमार्ग
२. हुलाकी राजमार्ग
३. काठमाडौं तराई मधेश द्रुतमार्ग
४. उत्तर दक्षिण लोकमार्ग (कोशी, गण्डकी र कर्णाली)
(क) उत्तर दक्षिण लोकमार्ग कोशी
(ख) उत्तरदक्षिण लोकमार्ग कालीगण्डकी
(ग) उत्तर दक्षिण लोकमार्ग कर्णाली
५. पूर्व पश्चिम (मेची महाकाली) विद्युतीय रेलमार्ग आयोजना

सहरी विकास मन्त्रालय
१. मेलम्ची खानेपानी आयोजना
सिँचाइ मन्त्रालय
१. सिक्टा सिँचाइ आयोजना
२. रानीजमरा सिँचाइ आयोजना
३. बबई सिँचाइ आयोजना
४. भेरी–बबई डाइभर्शन आयोजना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१. दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निजगढ, बारा
२. भैरहवा (गौतम बुद्ध) विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने
३. पोखरा विमानस्थललाई क्षेत्रीय विमानस्थलमा विकसित गर्ने
४. पशुपति क्षेत्र विकास कोष
५. लुम्बिनी क्षेत्र विकास कोष

वन तथा भू संरक्षण मन्त्रालय
१. राष्ट्रपति चुरे संरक्षण आयोजना


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]