December 7th, 2018

ओरेन्टलका बचतकर्तालाई राहत : ग्लोबल आईएमई बैंकमा रहेको सेयर बाँडिदै

बैंकिङ खबर । ओरेन्टल कोअपरेटिभ संस्थाका तत्कालिन दुई कर्मचारीहरु नितु थापा बस्नेत र राजेश श्रेष्ठको नाममा रहेको ग्लोबल आईएमई बैंकको सेयर जफत गरी लिलाम गरेर सहकारीका बचतकर्तालाई बितरण गरिने भएको छ । 

सरकारले गठन गरेको समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले श्रेष्ठ र बस्नेतको नाममा रहेको ग्लोबल आईएमई बैंकको दुई लाख ३३ हजार छ सय ७० कित्ता सेयर जफत गरी लिलाम गर्न लागेको हो । 

बस्नेतको नामममा बैंकको ४७ हजार ५९ कित्ता र श्रेष्ठको नाममा एक लाख ८६ हजार छ सय ११ कित्ता सेयर छ । जसमध्ये ६३ हजार ३८८ कित्ता शेयर साधारण सेयर हो भने बाँकी संस्थापक सेयर हो । संस्थामा ११ हजार भन्दा बढी बचतकर्ताका साढे पाँच अर्ब भन्दा बढी बचत फसेको छ । 

नितु थापा बस्नेतका श्रीमान् सुधीर बस्नेतले संस्थाबाट हाउजिङ व्यवसायमा लगानी गरेका थिए । हाउजिङ क्षेत्रमा आएको मन्दीसँगै लगानी डुबेपछि संस्था बचतकर्ताको रकम समेत फिर्ता गर्न नसक्ने अबस्थामा पुगेकाले सहकारी तथा गरिबी निवारण मन्त्रालयले ओरेन्टल कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]