December 2nd, 2018

प्राइम लाइफ इन्स्योरेन्सद्धारा अभिकर्तालाई तालिम प्रदान

बैंकिङ खबर । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अर्घाखाँचीमा नयाँ तथा पुराना अभिकर्ताहरुलाई अभिकर्ता तालिम सम्पन्न गरेको छ । अभिकर्ताहरुलाई पुनर्ताजगी प्रदान गरी गाउँ गाउँमा बीमा सम्बन्धी जनचेतना फैलाई जागरुक गराउने र सम्पुर्ण नेपालीलाई बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनीले आफ्ना अभिकर्ताहरुलाई मंसिर १४ र १५ गते तालिम प्रदान गरेको हो । 

तालिममा एजेन्सी मेनेजर, इन्स्योरेन्स एड्भाइजर, व्यवसाय अधिकृत लगायतले बीमाको मार्केटिङ्ग गर्दाका आफ्ना पुराना अनुभव र भोगाई सुनाउँदै हाल भने धेरै सजिलो र सहज भएको बताए । 

बजार प्रतिनिधिहरुले यस कम्पनीका ७७ जिल्लाका १४० भन्दा बढी कार्यालयबाट सम्पुर्ण सेवा र सुविधाहरु छिटो र छरितो प्राप्त हुने गरेकाले कुनै सेवाग्राहीले दुख र झन्झट भोग्नु नपर्ने बताए ।

अर्घाखाँचीको सन्धिखर्कमा सञ्चालन भएको तालिममा वुटवल शाखा प्रमुख रीता के.सी. मुख्य प्रशिक्षक रहेकी थिइन् भने सुनवल उपशाखा प्रमुख शिवनाथ गुप्ता, वुटवल शाखा सञ्चालन सहायक गुणराज घिमिरे र अर्घाखाँची कार्यालय सहायक सर्मिला आचार्यले सहजीकरण गरेका थिए । 

तालिममा अर्घाखाँचीका बिभिन्न स्थानबाट सहभागी २८ भन्दा बढी नयाँ अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]