December 2nd, 2018

राष्ट्र बैंकमा जागीरका लागि एप्लाई कसरी गर्ने ?

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ११४जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतीयमा २१ जना, सहायक निर्देशक अधिकृत तृतीय(चाटर्ड एकाउन्टेन्स) १०,सहायक निर्देशक अधिकृत तृतिय कानून २ पदमा आवेदन मागेको छ । यस्तै सहायक द्धितिय प्रशासन ६८ तथा सहायक द्धितिय प्राविधक पदमा १३ जनाको आवेदन माग गरेको छ । 

कसरी दिने आवेदन ?
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले कात्तिक २९ देखि मंसिर २८ गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । आवेदन अनलाइन मार्फत दिनुपर्नेछ । राष्ट्र बैंकले तोकेको अनलाइन फारममा भर्नुपर्ने सम्पूर्ण विवरण भरी सोको साथ आवश्यक कागजात स्क्यान गरी एट्याच गरेर तोकिएको दस्तुर तिरी आवेदन पेश गर्नुपर्नेछ । 

कसरी तिर्ने दस्तुर ?
दस्तुर आरबीबी मोबाइल बैंकिङ, फोन पे र ईसेवा मार्फत तिर्न सकिनेछ । यसबाहेक, राष्ट्र बैंकको बैंकिङ कार्यालय तथा जिल्लास्थित कार्यालयको नाफा नोक्सान आम्दानी फुटकर हिसाबमा जम्मा गर्न सकिनेछ । सहायक निर्देशक (विज्ञापन नं. २१।२०७५ देखि २३।२०७५ सम्म) खुला समूहको लागि आठ सय र प्रत्येक थप समावेशी समूहमा सहभागी हुन तीन सय रुपैयाँ तिर्नुपर्नेछ । सहायक (विज्ञापन नं. २४।१०७५ देखि २६।२०७५ सम्म) खुला समूहका लागि छ सय र प्रत्येक थप समावेशी समूहमा सहभागी हुन दुई सय रुपैयाँ तिर्नुपर्छ । कुनै एक समावेशीमा मात्रै एप्लाई गर्न थप दस्तुर तिर्नुपर्दैन ।

आवश्यक कागजात
नागरिकता
दरखास्त दिने पदका लागि तोकिएको न्युनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट
चारित्रिक प्रमाणपत्र
नेपालबाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र
पासपोर्ट साइजको फोटो


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]