November 30th, 2018

सन्दर्भः लक्ष्मी लघुवित्तको आठौं वार्षिकोत्सव (केही सम्झना)

प्रकाश राज शर्मा, प्रमुख कार्यकारी अधिकृत, लक्ष्मी लघुवित्त – आज त आठ वर्ष पो पुरा भएछ लक्ष्मी लघुवित्त स्थापना भएको । कति छिटो वितेछन दिनहरु । एउटा अग्रणी तथा स्थापीत लघुवित्त बैंकको महाप्रवन्धक पदबाट राजीनामा दिएर स्थापना मात्र भएको संस्थाको प्रमुख कार्यकारी अधिकृत को जिम्मेवारी स्वीकार गर्नु सजिलो निर्णय थिएन तर चुनौति स्वीकार गर्ने स्वभाव र सून्यबाट श्रीजना गर्ने अभिलाषाले निर्णय गरि हाले र लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा २०६८ साल वैसाख १९ गते कार्य प्रारम्भ गरे । २०६७ साल मंसिर १४ गते संस्थापना भएको लक्ष्मी लघुवित्तको त्यो वेलाको उमेर ५ महिना मात्र थियो । लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा 'लक्ष्मी माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक'को नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा यो कम्पनी दर्ता भएको थियो तर वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गर्न वांकि नै थियो । संस्थाको छुट्टै कार्यालय पनि स्थापना भईसकेको थिएन । यस्तो अवस्थामा मैले लक्ष्मी बैंकको हात्तीशार स्थित भवनको दोश्रो तलामा प्राप्त एउटा Cubicle बाट कार्य प्रारम्भ गरेको हुँ । त्यो वेला लक्ष्मी लघुवित्तको कार्यकारी प्रमुख भने पनि, कर्मचारी भने पनि, सहयोगी भने पनि म मात्र थिए तर लक्ष्मी लघुवित्तको प्रोफेसनल सञ्चालक समिति र लक्ष्मी बैंकका कर्मचारीहरुको सुझाव, सहयोग र सदभाव उपलव्ध थियो । 

लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतको रुपमा मेरो पहिलो काम संस्था सञ्चालनमा ल्याउनु थियो । त्यस्को लागि नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न अनुमति लिनु पथ्र्यो । वित्तीय कारोवार गर्न अनुमति लिनको लागि आवश्यक विनियम, नीति तथा पूर्वाधार तयार गरि नेपाल राष्ट्र बैंकमा सम्पर्क गर्दा संस्थाको नामको पछाडी डेभलपमेन्ट बैंक नराखी वित्तीय संस्था राख्न  अनौपचारीक रुपमा निर्देशन प्राप्त भए पछि विषेश साधारण सभा गरि संस्थाको नाम लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड राखीएको थियो र तदनुरुप कम्पनी रजिस्ट्रार कार्यालयमा नाम संसोधन समेत भएको थियो । तत्कालमा केन्दीय कार्यालयको लागि नयां वानेश्वरको अल्फा विटा कम्प्लेक्समा रहेका लक्ष्मी बैंकलै प्रयोग गर्दै आएको करीव ९०० वर्गफीट क्षेत्रफल प्रयोग गरि लक्ष्मी लघुवित्तको केन्दीय कार्यालय स्थापना गरियो । उक्त केन्द्रीय कार्यालयमा लक्ष्मी लघुवित्तबाट म मात्र थिए र मलाई सहयोग गर्न लक्ष्मी बैंकबाट एकजना अधिकृत श्री प्रकाश पोख्रेललाइृ डेपुटेसनमा खटाईएको थियो ।   नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्ने स्वीकती प्राप्त गर्न ९ महिना जति समय लाग्यो । अन्ततः २०६८ साल फागुन २२ गते लक्ष्मी लघुवित्तले २३औ लघुवित्त वित्तीय संस्थाको रुपमा वित्तीय कारोवार गर्न स्वीकृती प्राप्त गर्यो ।   

वित्तीय कारोवार गर्ने स्वीकृती प्राप्त भएपछिको काम भने शाखा स्थापना तथा कर्मचारी व्यवस्थापन गर्नु नै थियो । तत्कालमा काठमाण्डौबाट सजिलै अनुगमन गर्न सकिने नुवाकोट, रसुवा, सिन्धुपाल्चोक तथा दोलखा जिल्लालाई  केन्द्रविन्दुमा राखेर शाखा सर्भेक्षण गर्ने काम भएको थियो । उक्त सर्भेक्षणमा म र लक्ष्मी बैंकबाट डेपुटेसनमा आउनु भएका प्रकाश पोख्रेल उक्त जिल्लाहरुको सर्भेक्षण गरि नुवाकोटको वट्टार, दोलखाको चरिकोट र सिन्धुपाल्चोकको सिपाघाटमा शाखा खोल्ने निर्णय भएको थियो । पछि प्राविधिक कारणले सिपाघाट शाखा सिन्धुपाल्चोक कै वाहुनेपाटीमा स्थानान्तरण गरिएको थियो । 

शाखा खोल्ने निर्णय पछि २०६९ वैसाखमा शाखाको लागि आवश्यक कर्मचारी भर्ना गरियो  र केन्दीय कार्यालयमा समेत वरिष्ठ व्यवस्थापक भर्ना गरिएको थियो । त्यस पछि मात्रै मेरो आफ्नो टिम खडा भयो । नुवाकोटको वट्टार शाखाबाट २०६९ जेष्ठ २२ गते पहिलो कर्जा वितरण गरि यस संस्थाले आफनो लघुवित्त वित्तीय कारोवारको विधिवत शुभारम्भ गरेको थियो ।

आज लक्ष्मी लघुवित्तले ४७ जिल्लामा अवस्थित ६२ शाखाकार्यालय मार्फत लघुवित्त सेवा पु¥याई रहेका छन । देशका सातै प्रदेशमा हाम्रो उपस्थिति छ । २०७५ कार्तिक मसान्त सम्म ७२ हजार भन्दा वढी ग्राहक सदस्यहरु हामी संग आवद्ध छन । करीव रु ३ अरव लगानीमा रहेको कर्जा छ भने ग्राहक सदस्यको रु. १ अरव जति वचत/निक्षेप रहेको छ । रु. ७ करोडको चुक्ता पुंजीबाट सुरु भएको संस्थाको हाल चुक्ता पुंजी रु २४ करोड २० लाख पुगेकोछ । २५७ जना कर्मचारीहरु यस संस्थामा कार्यरत छन ।  

लक्ष्मी लघुवित्तले लघुवित्त क्षेत्रमा केही नयां प्रयोग पनि गरेको छ । Centralized Core Banking System लघुवित्तका ग्राहकहरु विच मोवाईल वैंकिंग सेवा, वाणीज्य बैंकहरुको सेवा ग्रामीण तथा दुर्गम स्थानमा उपलव्ध गराउने माध्यम जस्ता कार्यहरुको सुरुवात गर्ने नेपालको पहिलो  लघुवित्त संस्था भएकोमा गर्व लाग्छ । आज सम्म लक्ष्मी लघुवित्तले जे जति उपलव्धी हासलि ग¥यो त्यो हाम्रो टिमले गर्दा भएको हो । राम्रो टिम पाएकोमा÷वनाउन सकेकोमा पनि आफुलाई भाग्यमानी सम्झन्छु ।  

वित्तीय पहुंच अभिवृद्धि गर्न, वित्तीय समावेशीतालाई व्यवहारमै उतार्न र विपन्न वर्गको जीवनस्तरलाई गुणस्तरीय वनाउन लघुवित्त सशक्त माध्यम भएकोमा कुनै शंका छैन । यस क्षेत्रमा लक्ष्मी लघुवित्तले अझै धेरै गर्नु छ । आज सम्म जे जति गर्न सक्यौ त्यसमा सवैको सदभाव, सहयोग र निर्देशनको ठुलो भुमिका छ । यस्तो सहयोग र सदभाव निरन्तर प्राप्त भईरहने अपेक्षा गरेको छु ।    

लक्ष्मी लघुवित्तको आठौं वार्षिक उत्सवको यस अवसरमा म हाम्रा सवै ग्राहक सदस्यहरु, शेयरधनी महानुभावहरु, नियामक निकायहरु, पत्रकारहरु, विभिन्न संघसंस्था, सञ्चालक समिति तथा कर्मचारीहरुमा हादिृक शुभकामना दिन चाहान्छु ।       


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]