November 19th, 2018

अजोड इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता

बैंकिङ खबर । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

मंसिर २ गते आइतवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुज मणी तिमिल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै बैंकका ग्राहकहरूले अजोड इन्सोरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने भएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]