November 18th, 2018

सेयर बजारमा दोहोरो अंकको गिरावट, २६ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । आइतबार सेयर बजार १०.१४ अंकले घटेर ११९४.८७ अंकमा कायम भएको छ । व्यापार बाहेक कारोबार भएका सबै उपसूचक ओरालो लागेका छन् । 

दिनभरिमा १४५ वटा कम्पनीको १० लाख ७९ हजार चार सय ४७ कित्ता सेयर तीन हजार चार सय ८८ पटक खरिदविक्री हुँदा ३३ करोड ३७ लाख ९६ हजार नौ सय दुई रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल बैंकको मात्रै १४ करोडको कारोबार भएको छ भने एनआईसी एशिया बैंकको झन्डै तीन करोड र प्रभु बैंकको एक करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

जम्मा २६ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । पञ्चकन्या माई हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै २.४४ प्रतिशतले कमाएका छन् । समता माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनन्स र राधी विद्युत् कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ८.४९, ५.७९ र ५.५२ प्रतिशतका दरले गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]