November 15th, 2018

३.३१ अंकले घटेको सेयर बजारमा साढे २३ करोडको कारोबार

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार ३.३१ अंकले घटेर १२०५.५८ अंकमा पुगेको छ । होटलबाहेक सबै उपसूचक घटेका छन् ।

दिनभरिमा १५८ वटा कम्पनीको आठ लाख २७ हजार आठ सय ५६ कित्ता सेयर तीन हजार पाँच सय २० पटक खरिदविक्री हुँदा २३ करोड ५८ लाख ६८ हजार एक सय ४२ रुपैयाँको कारोबार भएको छ । प्रभु बैंकको दुई करोड तथा मेगा बैंकको एक करोडमाथिको कारोबार भएको छ ।

एभरेष्ट इन्स्योरेन्स र साल्ट ट्रेडिङका सेयरधनीले सबैभन्दा धेरै क्रमशः ९.९३ र ९.७९ प्रतिशतका दरले कमाएका छन् । मेरो माइक्रोफाइनान्स, तारागाउँ रिजेन्सी र जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै तीन प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]