November 15th, 2018

राष्ट्र बैंकमा अर्थमन्त्रीको हस्तक्षेप झन् बढ्यो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवम् योजना आयोगका प्रमुख समेत भइसकेका डा. युवराज खतिवडा अर्थमन्त्री भइसकेपछि आर्थिक समृद्धिको सपना पूरा हुने अपेक्षा धेरैले गरेका थिए । अर्थतन्त्र राम्ररी बुझेका व्यक्ति अर्थमन्त्री बन्दा जनताले ठूलै आश गरेका थिए । जताततै बिग्रेको सडक, भत्केको घर र निर्माधीन अवस्थामा अड्केका आयोजनाहरु देखेर निराश भएका जनताहरुले अब सब विषय टुंगोमा पुग्ने अपेक्षा गरेका थिए ।

तर, कयौँ आर्थिक मुद्धाहरुलाई साइड लगाएर अर्थमन्त्री भने नेपाल राष्ट्र बैंकको ससाना कुरामा अल्झिएर बसेका छन् । नेपाल राष्ट्र बैंकले वर्षौँदेखि गर्दै आएको कुरामा टिप्पणी गर्ने, राष्ट्र बैंक बैंकका गभर्नर लगायतका कर्मचारीहरुलाई मन्त्रालय बोलाएर झपार्ने, ससाना कुराहरुमा पनि हस्तक्षेप गर्ने लगायतका कार्यमा मात्रै अर्थमन्त्री व्यस्त देखिएका छन् ।

दुई कार्यकारी निर्देशकको सरुवा
तिहारको लागि सार्बजनिक विदा सुरु हुने अन्तिम दिन राष्ट्र बैंक ब्यवस्थापनले २ जना कार्यकारी निर्देशकको सरुवा गर्यो । अनुसन्धान विभागका प्रमुख नरबहादुर थापा र वित्त ब्यवस्थापन विभागका प्रमुख सुनिल उदासलाई तिहार विदा सकिएर कार्यालय खुलेकै दिनदेखि लागू हुने गरी सरुवा गरिएको छ । थापालाई सरकारको अनुकुन हुने गरी तोडमोड गरेर राष्ट्र बैंकले प्रत्येक महिना प्रकाशित गर्ने ‘देशका बर्तमान आर्थिक स्थिति’ लगायतका प्रतिवेदन तयार नपारेको अभियोगमा अर्थमन्त्रालयको निर्देशनमा सरुवा गरिएको छ । थापालाई राष्ट्र ऋण व्यवस्थापन विभागमा सारेर अनुसन्धान विभागमा अर्थमन्त्रीका विश्वासपात्र गुणाकर भट्टलाई ल्याइएको छ । यस्तै उदासलाई भने विल विना भुक्तानी दिन नमिल्ने अडान लिएको आरोपमा डेपुटी गभर्नर शिवराज श्रेष्ठको पहलमा सरुवा गरिएको बताइएको छ ।

यसबाहेक पनि नेपाल राष्ट्र बैंकको ससाना कुराहरुमा पनि अर्थमन्त्रीले हस्तक्षेप गर्ने गरेका छन् । अर्थमन्त्रीको यस किसिमको व्यवहारले राष्ट्र बैंकका उच्च पदाधिकारीहरु नै दिक्क भएका छन् । ससाना कुराहरुको रिपोर्ट माग्ने र हप्तैपिच्छे बोलाउने गरेको गुनासो राष्ट्र बैंकका उच्च पदाधिकारीहरुले गर्न थालेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]