November 14th, 2018

कुमारी बैंकको नाफा १४३.६६ प्रतिशतले बढ्यो

बैंकिङ खबर । कुमारी बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३५ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक बर्षको तुलनामा १४३.६६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको प्रथम त्रैमासमा कुमारीले १४ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । 

बैंकले अघिल्लो बर्षको तुलनामा निक्षेप र कर्जा लगानीमा क्रमशः ३२।२४ र ४६.५१ प्रतिशतले बृद्धि गरेको छ । असोज मसान्त सम्ममा बैंकले ७२ अर्ब ४९ करोड निक्षेप संकलन गरी ६७ अर्ब ८२ करोड कर्जा परीचालन गरेको छ ।

प्रतिसेयर आम्दानी १९.७१ रुपैयाँ रहेको बैंकको खराब कर्जा १.१४प्रतिशत रहेको छ भने बेस रेट ११.०९ प्रतिशत रहेको छ । बैंकको जगेडा कोषमा तीन अर्ब ९५ करोड रुपैयाँ रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]