November 14th, 2018

ज्योति विकास बैंक र एलआईसी नेपालबीच बैंकास्योरेन्स सम्झौता 

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडका बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र एलआईसी नेपालको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका छन् ।

अब ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट एलआईसी नेपालको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहजरुपले लिन सक्ने एलआईसी नेपालकी बैंकास्योरेन्स विभाग प्रमुख विद्या श्रेष्ठले जानकारी दिइन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]