November 13th, 2018

नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको नाफा ४२.९६ प्रतिशतले बढ्यो 

बैंकिङ खबर । बुटवल—११, कालिकानगर, रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडले गत असोज मशान्तको अपरिष्कृत वित्तीय विवरण बमोजिम प्रथम त्रैमासमा १ करोड ५१ लाख ९४ हजार १ सय ८३ रुपैंया संचालन मुनाफा आर्जन गरेको छ । उक्त मुनाफा अघिल्लो आर्थिक बर्षको सोही अवधीको तुलनामा ४२.९६ प्रतिशतले अधिक हो । 

सोही अवधीको अपरिष्कृत तथ्याङ्क अनुसार बैंकले २ अर्ब ७८ करोड निक्षेप परिचालन, २ अर्ब ६४ करोड कर्जा लगानी गरेको छ भने २०७५ असार मसान्तको निस्क्रिय कर्जाको प्रतिशत ०.४४ मा झारेको छ । अधिकृत पूँजी ६० करोड, जारी तथा चुक्ता पूँजी रु. ५२ करोड ६३ लाख ९४ हजार ९ सय एवम् रुपन्देही, नवलपरासी, नवलपुर र चितवन गरी चार जिल्ला कार्यक्षेत्र भएको यस बैंकले रुपन्देहीका  बुटवल, सौ. फर्साटिकर, रानिवगिया, मणिग्राम, सिद्धार्थनगर, शंकरनगर, शिवपुर, अमवा, लखनचोक, मानपकडी, बेल्वास र कालिकानगर, नवलपरासीका भुताहा र बेलाटारी, नवलपुरको अरुणखोला तथा चितवनको टाँडी र बुद्धचोक शाखा कार्यालयहरुबाट निशुल्क एविविएस, एटिएम, लकर, सन्ध्याकालीन, एसएमएस, आइपिएस, सि–आश्बा  लगायतका अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालका अनुसार बैंकले नवलपरासी जिल्लाको सुनवल–१२, भुमही र देवदह–९, भलुही एवम् रुपन्देही जिल्लाको सैनामैना–६, रामापुर, तिलोत्तमा–१५, मधौलिया, र वुटवल–८, सुख्खानगरमा गरी ५ वटा नयाँ शाखाहरु खोल्न प्रक्रृया अगाडी बढाएको छ र प्रस्तावित शाखा कार्यालयहरुको संचालन सँगै बैंकको शाखा सँख्या २२ पुग्ने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]