November 11th, 2018

१७.३१ अंकले घट्यो नेप्से, १९ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । आइतबार सेयर बजार १७.३१ अंकले घटेर १२०५.२२ अंकमा कायम भएको छ । दिनभरिमा १२५ वटा कम्पनीको तीन लाख १४ हजार दुई सय ९७ कित्ता सेयर एक हजार चार सय ६५ पटक खरिदविक्री हुँदा नौ करोड ९४ लाख ५१ हजार ४८ रुपैयाँको मात्रै कारोबार भएको छ । जसमध्ये, प्रभु बैंकको सबैभन्दा धेरै ८४ लाखको सेयर कारोबार भएको छ ।

जम्मा १९ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै स्वदेशी लघुवित्तका सेयरधनीले ३.५२ प्रतिशतका दरले कमाएका छन् । अपि पावर कम्पनी र स्टान्डर्ड चार्टर्ड बैंकका सेयरधनीले क्रमशः ९.९४ र ८.५५ प्रतिशतका दरले गुमाएका छन् । 

 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]